फोरम नेपालको केन्द्रीय समिति बैठक आजदेखि, २ नं. प्रदेशको चुनाबी रणनीति तयार पारिने

फोरम नेपालको केन्द्रीय समिति बैठक आजदेखि, २ नं. प्रदेशको चुनाबी रणनीति तयार पारिने

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं , ११ साउन ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।

काठमाडौंको सिनामंगलमा बस्ने बैठकले स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोजमा हुने दुई नम्बर प्रदेशको चुनावको लागि नयाँ रणनीति तय गर्ने छ ।

तीन दिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुपसम्म छलफल हुने फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले जानकारी दिनुभयो ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको सम्पन्न निर्वाचनमा पार्टीको भूमिका, अवस्था र निर्वाचन परिणामबारे समिक्षा एवं छलफल हुनेछ ।

यसअघि विभिन्न पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेशका नेता तथा फोरम नेपालसँग एकीकरण गरेका दलीय नेतृत्वलाई दिइएको पदीय भूमिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।

यसैगरी संघीयता, गणतन्त्र र परिवर्तनका लागि विभिन्न समयमा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै मुलुकमा एउटा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने दिशातर्फ अग्रसर रहेको फोरम नेपालले यसबीच नयाँ शक्ति पार्टीसँग जारी राखेको पार्टी एकीकरणको एजेन्डाको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ