साउन १० धरान । सप्तरीबाट प्रसुति गराउन आएको दास परिवार सोमबार ९ गते विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही समय खुसीमा रह्यो र त्यस पछि दुखी वन्यो । सोमबार नर्मल विना अप्रेसन बच्चा जन्माएकी एक महिलाको अलि बढी रक्तश्राव भए पछि परिवारले चिकित्सकसगँ सल्लाह गरे । चिकित्सकले अप्रेसन गर्नु पर्छ भने पछि उनीहरुले ब्लड पनि खोजे । तर जब अप्रेसन गरियो त्यस पछि ती शिसुकी आमाको मृत्यु भयो ।
त्यस पछि रुवावासी गर्दै दास परिवार छट्पटायो । तत्कालै सबै जना जम्मा भएर कराए पछि डाक्टरको लापरबाहीले भन्दै विरोध जनाए पनि । तर अस्पतालले लापरबाहीले नभएको जिकिर गरेको छ ।
अहिले ती महिलाको मृत्यु भए पछि उनका पति र सासु आमा कसरी सानो शिसु हुर्काउने भनेर चिन्तामा परेका छन् । एम्बुलेन्स मार्फत सोमबार राति मृतक महिलाको शब सप्तरी पठाईएको बुझिएको छ । यस विषयमा थप जानकारी माग्ने प्रयास गर्दा अस्पताल प्रशासनको टेलिफोन उठेन ।

