काठमाडौ, १० साउन ।
सत्ता नेतृत्वकर्ता दल नेपाली काग्रेसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामलाई अन्तिम रुप दिन नसकेपछि आज गर्ने भनिएको मन्त्रिमण्डल बिस्तार अन्यौलमा परेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मन्त्रीमण्डलमा सहभागी हुने महिला नेतृत्वको नाममा सहमती हुन नसकेको तथा सिफारिस भएका केहि नाममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आपत्ति जनाउनु भएपछि मन्त्रिपरिषद बिस्तारको तयारी नै अन्यौलमा परेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले साझ पाँच बजेका लागी सपथको तयारी गर्न राष्ट्रपति कार्यलयलाई आग्रह गरेको थियो ।
काग्रेसको संस्थान पक्षबाट ४ , पौडेल पक्षबाट ४ र नेता कृष्ण प्रसाद सिटौला र खुमबहादुर खड्का पक्षबाट एक एक जनालाई समाबेश गरि मन्त्रीमण्डल बिस्तार गर्ने प्रधानमन्त्ती देउवाको तयारी थियो ।
यस्तै सत्तासाझेदार दल माओवादी केन्द्रबाट ६, र लोकतान्त्रिक फोरमबाट २ समेत गरी आज १८ जना मन्त्री थप्ने तयारी छ ।
प्रधानमन्त्री भएलगत्तै देउवाले गत जेठ १४ गते काग्रेस र माओवादीबाट तीन तीन जना र लोकतान्त्रिक फोरमबाट १ जनालाई समावेश गराउदै आठ सदस्यीय मन्त्रिमण्डल बिस्तार गर्नुभएके थियो ।
लामो समयसम्म पनि सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले आज मन्त्रीमण्डल विस्तार गने तयारी गरेपनि काग्रेसबाटै मन्त्रीको नाम टुङगो नलाग्दा भोलीसम्म सर्ने भएको छ ।
आज साझसम्म सहमतीको प्रयास गर्ने र भोलीमात्रै मन्त्रिमण्डल गठन गरिने काग्रेस नेताले बताएका छन् ।
देउवाले आफ्नो पार्टी काग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमवहादुर खड्का पक्षलाइ समेत भागवण्डा गरी मन्त्री बनाउने तयारी गर्नुभएको हो । पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्र कुमार केसी, जिवन परियार, सरिता प्रसांई, कमला पन्त लगायतको नाम चर्चामा छ ।
सिटौला पक्षबाट भिमसेन दास प्रधान र खड्का पक्षबाट मोहन बहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी भईरहेको छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदेम्बे, अर्जुन जोशी लगायतको नाम चर्चामा छ ।
यस्तै नेकपा माओवादी केन्द्रबाट भने गिरिराजमणी पोखरेल, महेन्द्र बहादुर शाही, आशा खनाल, टेकवहादुर बस्नेत, सिता नेपाली लगायतको नाम अघि सारिएको छ । यस्तै फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्रीमण्डलमा समावेश हुँदैछन् ।