आइसीसी यु–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै : अफगानिस्तान छनौट

आइसीसी यु–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै : अफगानिस्तान छनौट

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, साउन १० ।

नेपाललाई हराउँदै अफगानिस्तान आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।

आज भएको एसियाली समूहको अन्तिम छनोट खेलमा नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि छानिएको हो ।

सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४३औं ओभरमा अलआउट हुनुपूर्व ९९ रनमात्रै जोड्न सक्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४५ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले स्तरीय प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ अफगानिस्तानका योसुफ जाजीले ४ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलभ ५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि शतकीय पारी खेलेका सुरुआती ब्याट्सम्यान इब्राहिम जद्रानले ११४ बलमा ७ चौका र ५ छक्काको मद्दतमा १०१ रन बनाँउदै जितको आधार तयार पारेका थिए ।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई अफगानिस्तानले १४१ रनको विशाल अन्तरले हराएको थियो ।

प्रतियोगिताका सबै ६ खेल जितेको अफगानिस्तान १२ अंकसहित विश्वकपमा छनोट हुँदा ८ अंक जोडेको नेपाल दोस्रो स्थानमा समेटियो । समूहमा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छानिने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ