केशब घिमिरेले ल्याए मौलिक तिज गीत वचन नलाउ है

केशब घिमिरेले ल्याए मौलिक तिज गीत वचन नलाउ है

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

महिलाहरु को महान चाड हरितालिका तीज को अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे को तीज गीत वचन न लाउ है अडियो तथा भिडियो संगै बजार मा आएको छ।

केटा
दिदी बैनि बोलाएर घर मै तिज मनाउ है
म प्रदेश मै भए पनि चेली खुशी बनाउ है
बयान चलाउ है सानू बयान चलाउ है
मेरा बाबा पनि तिम्रै बाबा जस्ता हुन
मेरि आमा पनि तिम्रै आमा जस्ती हुन
वचन न लाउ है सानू वचन न लाउ है
बाबा आमा छाडेर माइत न जाउ है
बाबा आमा छाडेर ओइ सानू माइत न जाउ है
केटी
काकरी को अचारै मा भाङ र तिल पिनेर
दुहुनो भैंसी न भएन खुवाउला धि घ्यु किनेर
मुहार मलिनु हजुर मुहार म लिनु
हजुर को आमा पनि मेरै आमा ठानेइछु
बाबा लाई नि धेरै थोरै माया गर्न जानेइछु
पिरै न लिनु हजुर पिरै न लिनु
घर कै पिर ले त्यो ज्यान गल्न न दिनु
पिरै पिर ले त्यो ज्यान ओइ हजुर गल्न न दिनु

बिशेष गरि तीज लाई नै लछित गरि बनाएको गीत हो वचन न लाउ है,श्रीमति बुढा बाबा आमा गाउँ मा,श्रीमान बिदेश,जटिल घर को अवस्था, चेली दिदी बैनी तिज मा माइती आउछन ,बुढा बाबा आमा लाई छाडेर यो बेला माइत न जाउ बरु तिज पछि माइत जाउली भन्दै बिदेश बाट घर मा रहेकी श्रीमति लाई अनुरोध गरिएको कथा र दृश्य म्युजिक भिडियो मा देख्न सकिन्छ।

तिज का कार्यक्रम ,पार्टी, मेला ,महोत्सव हरु मा र नाच्न मिल्ने गीत रहेको गायक तथा सर्जक घिमिरे ले बताए चन्दन म्युजिक को उत्पादक तथा बितरक रहेको गीत मा अन्जना सिग्देल घिमिरे को प्रस्तुति रहेको छ भने केशव घिमिरे र देबि घर्ती को स्वर साथै केशब घिमिरे कै शब्दम,लय रहेको छ।

बिगत ८ बर्ष देखि तीज गीत पनि निकल्दै आएका घिमिरे का किन्दिउला म चुरा,म पनि के छु र कमि ,चट सारी मिलाएर लाउन सिकाइदिउला,नारी त लक्ष्मी हुन,आमा ले पकाको खाउला मिठो दर,एक नम्बर ,पुराना भाका नै हराछ्न साथै चर्चित लोक दोहोरी गीत जेल मा थुनेनि ,रुन्छु बर्है महिना,देखन मन लाइरन्छ,धर्ती फाटला ,आधीखोला तरेर लगायत दशै तिहार पन्चेबाजाहराछ्न १२० भन्दा बढी गीत बजार मा आइसके का छ्न स्यम आफ्नै निर्देशन रहेको यस गित मा दुर्गा पौडेल को छायांकन र निर्माण एकता फिल्म्स साथै मोडेल नारायण राज कुवर र सारिका केशी साथै अभिनय मा बिकाश कार्की र राजकुमार सुनार ले पनि साथ दिएका छन समयसान्धर्भिक यो गित मा देश को तत्कालीन परिस्थिति का बारे पनि उजागर गरिएको छ ।

निकै मार्मिक शब्द रहेको यस गीत को म्युजिक भिडियो पनि उत्कृष्ट बएको छ। पहिलो पटक आफ्नै youtube च्यानल chandan music बाट नै यो गित लाएका घिमिरे ले मौलिक र पारिबारिक गित भएको सबै ले एक पटक हेरिदिन र सल्लाह सुझाब दिन को लागि अनुरोध पनि गरे तिज गित बिग्रेको कुरा गर्ने हरु लाइ पक्कै पनि यो गित ले सकारात्मक सन्देश दिने छ।

 https://youtu.be/9S0a3k7H3Sk

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी