नयाँ शक्तिको केन्द्रीय समिति बैठक जारी , के गर्छ निर्णय ?

नयाँ शक्तिको केन्द्रीय समिति बैठक जारी , के गर्छ निर्णय ?

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं ,९ साउन ।
नयाँ शक्ति नेपालले आजबाट स्थानीय तह निर्वाचनको समिक्षा सहित पार्टी पुनर्गठनबारे छलफल थालेको छ ।

राजधानीको बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा एक बर्षको अवधिमा पार्टीको भुमिकाबारे समिक्षा तथा छलफल भईरहेको रहेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

भोलीसम्म चल्ने बैठकमा पार्टीको एक बर्षको समिक्षा र भावी योजना समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । उक्त प्रतिवेदनलाई आगामी बुधबार र बिहिबार बस्ने संघीय परिषद्को बैठकमा प्रस्तुत हुरी अन्तिम रुप दिईने सो पार्टीले जनाएको छ ।

यस्तै बैठकमा स्थानीय तह निर्वाचनमा भोग्नुपरेको पराजय, संघीय समाजबादी फोरमसंग हुने भनिएको एकता लगायतका बिषयमा पनि छलफल हुने प्रवक्ता देवकोटाले बताउनुभयो ।

नयाँ शक्तिले संघीय परिषद विघटन गर्दै तल्लो तहबाटै पार्टी पुनर्गठनको तयारी गरेको छ । फोरमसंगको एकता प्रक्रिया भने पछिल्लो पटक अन्यौलमा परेको छ । नेतृत्वका बिषयमा कुरा नमिलेपछि एकता हुनेरनहुने अझै टुङ्गो लाग्न नसकेको नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ