काठमाडौ ९ साउन ।
नेपाली काग्रेसका केन्द्रिय सदस्यहरुले संबिधान संसोधन बिधेयकलाई प्रक्रियामा लगेर टुङग्याउन नेतृत्वलाई सुझाव दिएका छन् ।
ललितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा जारी बैठकमा आज बोल्ने सदस्यहरुले मधेसबादी दललाई मनाउन सरकारले धेरै समय खर्च गरिसकेको भन्दै प्रस्ताव पास या फेल जे भएपनि प्रक्रियामा लैजान जोड दिएका हुन् ।
आज धारणा राख्ने सदस्यहरुले संबिधान संसोधनबारे पार्टीको आधिकारीक धारणा बनाउन महासमिति बैठकको समेत माग गरेका छन् ।
आजको बैठकमा ज्ञानेन्द्र बहादुर कार्की , बालकृष्ण खाड , बहादुरसिंह लामा , डिना उपाध्याय लगयतले धारणा राख्नुभएको छ ।
बैठकमा धारणा राख्दै शेरबहादुर देउवा पक्षका नेताहरुले आज अबसर बाडेर लिन खोज्ने तर अपजसजति सबै सभापति एक्लैलाई थोपार्न नहुने बताएका थिए ।
नेता लामाले निर्वाचन परिणामको जस र अपजस नेतृत्वले बाडेर लिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो , अबसर आउदा ६० र ४० को भागबण्डा गर्ने तर अपजसजति सबै सभापति एक्कैलाई बोकाएर बरिष्ठ नेता र अन्य पदाधिकारी उम्कन मिल्दैन ।
स्थानीय तह निर्वाचनमा पार्टी दोस्रो हुनुको जिम्म सबै शिर्ष नेतृत्वले लिनुपर्ने बताउनु भयो ।
बैठकमा प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचन तयारी र उमेदवार छनोटका विषयमा छलफल भइरहेको छ ।
केन्द्रिय सदस्यहरुको बोल्नेक्रम सकिएपछि बैठकमा पदाधिकारीहरुले धारणा राख्नेछन् ।