साउन १५ फोरमसँग एकता गर्नेनयाँ शक्तिको तयारी : यथास्थितिमा एकता भए आर्थिक विभाग प्रमुहसहित ५० सदस्यले विद्रोह गर्ने

साउन १५ फोरमसँग एकता गर्नेनयाँ शक्तिको तयारी : यथास्थितिमा एकता भए आर्थिक विभाग प्रमुहसहित ५० सदस्यले विद्रोह गर्ने

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, साउन ८ । नयाँ शक्ति पार्टीमा नयाँ लफडा सुरु भएको छ ।  संघीय समाजवादी फोरमसँगको पार्टी एकता गर्ने अन्तिम कसरत भइरहेका बेला यथास्थितिमा कुनै पनि हालतमा पार्टी एकता हुन नहुने भन्दै नयाँ शक्तिका आर्थिक विभाग प्रमुख सुनिल खड्कासहित ५० जना सदस्यले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।दुई पार्टीबीच यही साउन १५ गते एकता हुँदैछ।

उनीहरुले यथास्थितिमा पार्टी एकता भए विद्रोह गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले पार्टी संयोजक बाबुराम भट्टराई समक्ष तीन बुँदे सर्त राख्दै यथास्थितिमा पार्टी एकता भए विद्रोह गर्ने चेतावनी दिएका हुन् । उनीहरुले पार्टी संयोजकलाई पेश गरेका शर्तहरुमा पार्टी एकतापछि उपेन्द्र यादवलाई अध्यक्ष नमान्ने, एकीकृत पार्टीको नामबाट फोरम शब्द हटाउनुपर्ने र जबर्जस्ती एकता घोषणा गरे आफूहरु नयाँ पार्टीमा नगई नयाँ शक्तिमै बसेर काम गर्ने उल्लेख गरेका छन् ।

नयाँ बिबादका बारेमा छलफल गर्न भट्टराईले सोमबार र मंगलबार केन्द्रीय समिति बैठक डाकेका छन्। ‘हाम्रो सर्त मान्य नभए नयाँ शक्तिमै बसेर संघर्ष गर्नुको विकल्प छैन ।’ आर्थिक विभाग प्रमुख खड्काले भने, ‘फोरम नेपालसँग सती जान सकिँदैन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ