काठमाण्डौ , ८ साउन ।
सानो पर्दाबाट निरन्तरको सघंषपछि नायीकाको रुपमा दर्शक माझ आएकी राधिका घिमिरे फेरी नयाँ नेपाली चलचित्र फिक्का मा नायीकाको भुमिकामा देखिएकी छिन् ।
म्युजिक भिडियो तथा बिज्ञापनहरुमा देखिने बहुप्रतिभाकि धनी राधिका ६ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रशारित आफन्त टेलिसिरियलबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसलगत्तै उनी सिधै ठुलो पर्दामा पुगेकी थिईन् ।
उनले स्टार , महसुस , कुर्वान लगायतका चलचित्रमा अभिनय गरेर ठुलो पर्दाबाट दर्शकको मन जित्न सफल भएकी छिन् । कलाकारीता सँगै पत्रकारीता क्षेत्रमा पनि सक्रिया राधिका चलचित्र फिक्काको नायीकाको भूमिकामा नै देखिएकी छन् । राधिका रेडियाे मिर्मिरे ८९.४ मेगाहर्जमा कार्यरत छिन् ।
रंग हराएको जीवनलाई लिएर पर्दामा उतारीएको चलचित्र फिक्का हरितालिका तिजको अवसरमा यहि भदौबाट नेपाल बाहेक विश्वभर प्रर्दशन हुदैछ । नेपालमा भने मंसिर १ गतेवाट प्रदर्शन हुनेछ । रिता खाति सुनारको कथा , पटकथा संवादमा बनेको चलचित्र फिक्कालाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन ।
एनआरएन अजय सुनुवार, संचारकर्मी समेत रहेका नेशनल मार्सल आर्ट प्लेयर एंव कलाकार दुर्गाराज पाण्डे, मोडल शर्मीला नेपालले यसै चलचित्रबाट नेपाली फिल्ममा डेव्यु गरेका छन् भने चलचित्रमा राधिका सहित ईश्वरी बराल, म्याक्टेन कालू, पैसा घिमीरे लगायतको पनि अभिनय रहेको छ । देउराली ईन्टरनेशनल र ट्रिक मिडियाको संयुक्त व्यानरमा बनेको चलचित्रको ९० प्रतिशत काम पुरा भएको निर्देशक खड्काले बताए ।
निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक समेत रहेकी निर्माता सुचित्रा श्रेष्ठले चलचित्रले कमर्सीयल विषय भन्दा पनि चलचित्रले नेपाली समाजको वास्तविक स्थीति झल्काएकोले चलचित्र राम्रो बनेको बताईन ।
चलचित्रको गितमा चेतन सापकोटा, म्याकटेन कालु, रिता खाति शव्द रहेको छ भने शिर्ष गीतमा चेतन सापकोटाको शब्द, संगित र तुलसी शिवाकोटीको स्वर रहने बताईएको छ। चलचित्र राम्रो बनेको धारणा व्यत्त गर्दै ट्रिक मिडियाका अध्यक्ष नहकुल खड्काले विदेशमा रहेका नेपालीहरुको भने झनै मन छुने कुरामा विश्वस्त रहेको बताए ।
चलचित्रमा सन्तोश सुनारको छायांकन, सुवोध श्रेष्ठको संपादन , अमित श्रेष्ठको पाश्र्व संगित रहेको छ भने चलचित्रको क्रियटीभ निर्देशन विश्वकै सानो किताव आधा ईन्चका लेखक एन वि अन्जानले गरेका छन् । चलचित्र भदौको पहिलो सातादेखी विदेशमा प्रदर्शन हुने चलचित्रको मंसीर १ बाट नेपालभर वितरण सुुनिल मानन्धरले गर्न लागेको निर्माता श्रेष्ठले वताईन ।
दर्शकले अभिनेत्रि राधिकालाइ फिक्का चलचित्रमा भने पृथक भुमिकामा देख्न पाउने छन् ।
उनले भनिन् यसअघिका चलचित्रमा भन्दा फरक तथा पृथक भूमिकामा अाफुलाइर् उतार्ने प्रयास गरेकाे बताउदै उनले भनिन्र दर्शकले मेराे अभिनय मन पराउने छन् ।

