राष्ट्रिय जनमोर्चा रौतहट (माओवादी केन्द्र)मा विलय

राष्ट्रिय जनमोर्चा रौतहट (माओवादी केन्द्र)मा विलय

  • शनिबार, साउन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, ७ साउन । राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्य वीरेन्द्रकुमार शाह, रामबाबु साह, इदयन अन्सारीलगायत सम्पूर्ण जिल्ला समिति नै माओवादीमा प्रवेश गरेको हो । पार्टीमा प्रवेश गर्ने जनमोर्चाका नेतालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले सम्पूर्ण क्रान्तिकारी र जनपक्षीय शक्तिकाबीचमा एकताको अपरिहार्यता रहेको बताउँदै जनमोर्चाको जिल्ला समिति नै समाहित भएको यो सन्देश रौतहटका लागि मात्रै नभई मुलुककै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

फरक÷फरक पार्टीमा बसेर नभई एकीकृत रुपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन यस्ता एकताले बल पुग्ने बताउँदै यसले क्रान्तिकारीबीच थप संगठित हुन प्रेरितसमेत गर्नेे छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ