माईतिघरमा बिताएको बालापनको झल्को दिने तीज गित “दाजु बहिनी”

माईतिघरमा बिताएको बालापनको झल्को दिने तीज गित “दाजु बहिनी”

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाण्डौ ,६ साउन ।

जतिसुकै उमेर बढ्दै गएपनि बालापन सबैको प्रिय हुन्छ । चाहे त्यो सुखद् होस् या दुखद । त्यसमा पनि दाजु बहिनिबीचको प्रेम , झगडा अनी एक अर्कालाई सताउने र फकाउने यी यस्ता कार्य झनै सम्झन लायक हुन्छ् ।

अझ बिबाह पश्चात पराई घर गएकी चेलीका लागी त यी घटनाहरु सधै आखाँ अगाडि नै बसिरहन्छ र बिशेष चाडबाडमा झन बढी सम्झनामा आउछन् ।यस्तै झल्को मेटाउने गित अहिले बजारमा आएको छ ।

हिन्दु महिलाहरुको बिशेष चाड हरितालिका तीजको अवसरमा गायीका एलिन खनालले “ दाजु बहिनी ” बोलको मन छुने गित ल्याएकी छिन् । सर्जक कर्न सन्ज्यालको लय ÷ शब्दमा रहेको गितमा गायीका एलिना खनाल र गायक जय देवकोटाले स्वर दिएका छन् ।

गितमा बिहेपछि आफ्नो माईतिघर , दाजुसँग बिताएका बालापन ,आमा बाबु लगायतलाई मार्मिक र रमाईलो रुपमा समेटिएको छ ।

बजारमा सार्वजनिक भईसकेको उक्त गितको भिडियोको छायाङकन हरिनारायण चौधरीले गरेका छन् भने प्रविण रेश्मी मगरको सम्पादन तथा रविन थापाको निर्देशन रहेको छ ।

भिडियोमा बिकिता घताने र नरेशवीर सिंहको लगायतका कलाकारको नृत्य अभिनय रहेको छ । उक्त गित एलिना खनालको प्रस्तुतिमा रमसर मिडियाले बजारमा ल्याएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी