तीनै तहको निर्वाचन नसकिएसम्म संबिधान कार्यान्वयन हुदैन : देउवा

तीनै तहको निर्वाचन नसकिएसम्म संबिधान कार्यान्वयन हुदैन : देउवा

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ , ६ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा हुने बताउनु भएको छ ।

नेपाली काग्रेसका सभापति समेत रहनुभएका देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

बीपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा उहाँले स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको भन्दै त्यसमा गुटगत प्रकृत्ति त्यागेर एक भई लाग्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ’प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भइसकेको छ ।’ अब तस्रो चरणको निर्वाचन सँगै प्रदेश र संघको निर्वाचन पनि निर्धारित मितिमा नै हुन्छ ।

निर्धा्रित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उहाँको भनाई छ ।

प्रधानमन्त्री देउवाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु कांग्रेसको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना भएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित पनि गर्नुभएको छ ।
रु २५ हजारसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलललाई हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ