काठमाण्डौं साउन ६ । आईसीसी अण्डर १९ एशियाली छनौट अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल आयोजक सिंहापुर विरुद्ध १ सय ६८ रनमा अलआउट भएको छ । दिपेन्द्र सिंह ऐरीको अर्ध सतकको मद्धतमा उक्त स्कोर ४६.४ ओभरमा खडा गरे पछि नेपाल अलआउट भयो । ऐरीले ५४ रन जोडे ।
ओपनर सन्दीप सुनारले २६ रन जोडे । प्रकाश केसीले २३ रन ,रोहित पौडेलले १५ रन जोड्नु बाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । आज पनि कप्तान सन्दीप लामीछानेले दोहोरो अंक जोड्न सकेनन् ।
अब सिंहापुरले नेपालले दिएको १ सय ६९ रनको लक्ष्य विरुद्ध व्याटीगं थाल्दै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline