बाबुराम भट्टराईले उपेन्द्रको नेतृत्व स्वीकार गरे पछि नयाँ शक्तिका कार्यकर्ताहरु निराश

बाबुराम भट्टराईले उपेन्द्रको नेतृत्व स्वीकार गरे पछि नयाँ शक्तिका कार्यकर्ताहरु निराश

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

कुनै बेला तात्कालीन माओवादीकै क्षेत्रीय व्यूरो सदस्य रहेका उपेन्द्र लाई अहिले माओवादीकै प्रभावशाली नेता डा. बाबुराम भट्टराई आफूले बनाएको नयाँ शक्तिमा राजनीतिक चमक नदेखिए पछि नेता मान्न डा. भट्टराई तयार भए पछि कार्यकर्ताहरु भने निराश भएका छन् ।
बाबुरामले परिकल्पना गरेको आर्थिक समृद्धिको नारा असफल भए पछि नया शक्तिको नेतृत्व त्याग्ने या अरु साना साना पार्टीसगँ एकता गरेर केही बलियो शक्ति बनाउने भन्ने कुराले पिरोलिएका बाबुरामले अन्ततः आफ्ना पूर्व कार्यकर्ता यादवलाई नेता माने पछि नयाँ शक्तिमा झनै संकट बढेको छ ।
यस्तो नेतृत्व प्रणाली मान्ने कुरामा देवेन्द्र पौडेल, गंगा श्रेष्ठहरु भित्री रुपमा तयार भईनसकेको बुझिएको छ । साथै तल्लो स्तरमै काम गरीरहेका पुराना कार्यकर्ताहरुले पनि चरम असन्तुष्टी जनाईरहेको खबर प्राप्त भएको छ ।
नयाँ शक्तिको साउन ९ र १० मा बस्ने केन्द्रीय समिति र ११ र १२ गते बस्ने परिषद् बैठकमै असन्तुष्टी पोख्ने गरी केही नेताहरु लागेको बुझिएको छ ।
उता फोरम भित्रका एक नेताले भने अब पार्टीलाई राष्ट्रिय शक्तिका रुपमा विकास गर्न नया शक्तिसगँ एकता गर्न लागिएको बताए । फोरमको बैठक ११ गतेदेखि १३ गते सम्म बस्दै छ ।
यो एकता पछि बाबुराम सर्वोच्च नेताको मान्यतामा रहे पनि सागठनिक र कार्यकारी दृष्टिले बाबुराम कमजोर अवस्थामा रहने निश्चित छ । स्थानीय तहमा समेत नयाँ शक्ति भित्र असन्तुष्टी बढ्दो देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ