अफगानिस्तानद्वारा  नेपाल १४१ रनले पराजित

अफगानिस्तानद्वारा  नेपाल १४१ रनले पराजित

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, ५ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ ।

अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ््याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो ।

नेपालले खराब शुरुवात ग¥यो । मात्र उन्नाइस रन बनाउँदा १०।१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो । पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी तीन चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू धरासायी भए । चारजना खेलाडी शून्यमै आउट भए ।

अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले चार÷चार विकेट लिए । जर्दानले नौ ओभरमा पाँच मेडन राखि मात्र सात रन खर्चे । नवीनले चार ओभरमा एक मेडन राखेर आठ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौँ बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९।४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९।४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुर तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी