नेपाली नागरिक पक्राउ गरी भारतलाई बुझाएको विरोधमा प्रहरी चौकी घेराउ

नेपाली नागरिक पक्राउ गरी भारतलाई बुझाएको विरोधमा प्रहरी चौकी घेराउ

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

वीरगन्ज- भारतमा एउटा अपराधिक घटनाका आरोपी रहेका एक नेपाली नागरिकलाई अवैधानिक तरिकाले नेपाल प्रहरीले भारतीय प्रहरीलाई बुझाएको भन्दै पर्सौनी प्रहरी चौकी स्थानीयले घेराउ गरेका छन्।

स्थानीयका अनुसार मंगलबार साँझ हातहतियारसहित पसेको भारतको बिहार प्रहरीको टोलीलाई पर्सौनी चौकीले २५ वर्षीय भाष्कर पाण्डेयलाई बुझाएको थियो। प्रहरी चौकी पर्सौनीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अनिल महतोले आफूहरु पाण्डेयको पक्राउ कार्यमा संलग्न नभएको दाबी गरेका छन्।

वारि अपराध गरेर पारी गएर लुक्ने र पारी अपराध गरेर वारि आएर लुक्ने प्रवृतिले सीमा क्षेत्रमा अपराधिक घट्नाहरु बढ्ने गरेको विश्लेषण गरिन्छ। यसले दुबैतिरको प्रहरीलाई अनुसन्धान र कानुनी कारबाही अगाडि बढाउन समस्या हुने गरेको छ।

यस पृष्ठभूमीमा विभिन्न घट्नाका आरोपी अनौपचारिक रुपमा भारतीय प्रहरीले नेपाललाई बुझउने र नेपाल प्रहरीले भारतलाई बुझाउने गरेका छन्।

केही दिनअघि भारतको सीमावर्ती रक्सौलको एक निजी स्कुलमा गोली चलेको घट्नामा रक्सौल थाना (प्रहरी कार्यालय)ले थालेको अनुसन्धानमा पाण्डेको संलगन्ता देखिन आएको भारतीय प्रहरी स्रोतको दाबी छ। सोही घट्नामा भारतीय प्रहरीले नेपाल प्रहीको सहयोगले पाण्डेयलाई पक्राउ गरेको बताइएको छ।

भारतीय प्रहरीले पाण्डेयलाई समातेर लगेपछि बिहान ६ बजेदेखि नै स्थानीयले टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ