बिगत लामो समय देखी लोक तथा दोहोरी गायनको छेत्रमा सक्रिय गायक बिनय खत्रीको निकै मिठो तीज गीत तथा भिडियो डिजिटल बजारमा आएको छ । ‘रिमि झिमि पानीमा सारम बरिलै’ बोलको मिठो शब्दमा रहेको तीज गीतलाई धनस्याम खत्री र इस्मारिका खत्रीले साथ दिएका छन । पार्वती राइको चटकिलो नाँच रहेको भिडियो तथा गीत इस्मारिका खत्री कै प्रस्तुतिमा बजारमा आएको हो ।
यस अघि पनि गायक खत्रीले थुप्रै चर्चित गीतहरूमा स्वर दिइसकेका छन् । उनका स्वरमा रहेका लोक तथा दोहोरी गीतहरू राम्रो चल्ने गरेका पनि छन् । नेत्र अर्यालको शब्द लय रहेको यो गीतको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राई ‘सन्देश र रबिन्द्रको अभिनय रहेको छ ।
भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् । बाशु बरालको छायाँकन र सम्पादन रमित ओलीको रहेको छ गीत तथा भिडियोलाई सफल क्रियसनले बजारमा ल्याएको छ
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=b7sN36MlGT8]