अब यूकेमा “धनपति”

अब यूकेमा “धनपति”

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

नेपालमा दोस्रो हप्तामा प्रदर्शन भैरहेको फिल्म “धनपति” अब विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ । नेपाल रिलिज अगाडि अमरिकामा प्रदर्शन गरिएको फिल्म “धनपति”ले नेपालबाट प्रदर्शनको दुईदिनमा करोड विजनेश गरेको खबर बाहिर आएको थियो । नेपालमा निकै रुचाइएको फिल्म “धनपति” अब यूकेका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ ।

यूकेमा सबै शहरहरुमा प्रदर्शन गर्ने अनुमती पाएको ३२ बक्सका एलबिजेट गुरुङका अनुसार, फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लन्डन सफारी सिनेमा हलमा २०१७ अगस्ट १९ मा फिल्म “धनपति” रिलिज हुनेछ । अल यूके फिल्म “धनपति” प्रदर्शन गर्न ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ ।

“पशुपतिप्रसाद”को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् ।

खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । “धनपति” को सहायक निर्माता ओम गुरुङ, सह–निर्माता रजना नापित, समिर देवकोटा रहेका छन् । निर्माता भने रोजिना सिटौला रहेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी