माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा आज ४५ जनाले गरे रिपोर्टिङ , कस्ले के भने ?

माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा आज ४५ जनाले गरे रिपोर्टिङ , कस्ले के भने ?

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

निर्मला तिम्सिना, काठमाडौ साउन ४। सत्तारुढ दल नेकपा माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक केही दिनदेखि जारी छ । गत सोमबार बाट सुरु बैठकमा पहिलो तथा दोस्रो चरणको स्थानीय तह निर्वाचनको समिक्षाका साथै भावी रणनितिका विषयमा छलफल भइरहेको छ ।

राजधानीको पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यलयमा बसेको बैठकमा आजपनि विभिन्न जिल्लाका इन्चार्जले स्थानीय तहको निर्वाचनको सम्बन्धमा रिपोटिङ गरेका छन् ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी भित्रका विभिन्न गुट तथा उपगुट अन्त्य गर्ने जम्बो केन्द्रिय समिति खारेज गर्न र संगठन सुदृढीकरण गर्न नेतृत्वको ध्यानआकर्षण गराएका छन् ।

पार्टीले सरकारमा रहदा राम्रो काम गरे पनि संगठनको अस्तव्यस्तताका कारण नेता तथा कार्यकताले त्यस विषय जनमानसमा पुर्याउन नसकेको अधिकांशको बुझाई छ । यस्तै बैठकमा निर्वाचन चिन्ह फेर्न समेत माग गरिएको छ ।

बैठकमा आजसम्म ४५ जना जिल्ला इन्चार्जले आफ्नो धारणा राखि सकेका प्रमुख सचेतक टेकबहादर बस्नेतले जानकारी दिनुभयो । बैठक पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्दै भोली सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ