नेपाली जन प्रगतिशील मंच युएई द्वारा खेलाडी लाई सम्मान

नेपाली जन प्रगतिशील मंच युएई द्वारा खेलाडी लाई सम्मान

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सुसान आचार्य/ युएई।

नेपाली जनप्रगतिशील मन्च युएईले एएफसी यु–२३ च्याम्पियनसीपको छनोट खेलका लागि युएई आएका फुटबल खेलाडीहरुलाई यही जुलाई १८का दिन नेपाली दुतावासमा भएको एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

नेपाली जनप्रगतिशील मन्च अवुधावीका अध्यक्ष तथा केन्द्रिय सदस्य दिपक न्यौपानेको नेतृत्वमा क्षेत्रीय सल्लाहकार ज्ञानेन्द्र राई, सहसचिव दामोदर सिंह, सबिन अधिकारी, अमृत राई, रामकुमार तिरुवा लगायत अबुधावी क्षेत्रीय समितिको टोलीले खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

नेपाली फुटबल टोली एएफसी यु–२३ च्याम्पियनसीप छनोट खेल खेल्नको लागि गत जुलाई १३ मा अल ऐन आइपुगेका थिए । आफ्नो पहिलो खेल युएईको फुटबल टिमसँग गत शनिबार खेलेको नेपाली टोली ५–० ले पराजित हुन पुगेको थियो भने सोमबार सम्पन्न दोस्रो खेलमा २–० ले उज्वेकिस्तानसँग पराजित हुन पुगेको थियो । अबको अन्तिम खेल नेपाली टोलीले बुधबार लेवनानसँग खेल्नेछ ।

नेपाली फुटवल टोलीका कप्तानबिमल घर्ती मगरले अत्याधिक गर्मीका कारण नेपाली टिमले अपेक्षा गरिए अनुरुप खेल्न नसकेको बताएका थिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ