काठमाडौं, साउन ४ ।
नेपालका पार्टीहरु कुनै न कुनै अन्तराष्ट्रिय संस्थाहरुसँग जोडिएका छन् । माओवादी पहिले रिमसँग निकट थियो । कांग्रेस सोसलिष्ट इन्टरनेशनलसँग आवद्ध छ । एमाले पनि आइक्यापलगायतका संस्थाको सदस्य छ । त्यसैगरि राप्रपा चाँही इन्टरनेशनल डेमोक्रेटिक युनियन नामक संगठनको सदस्य रहेको छ । सन् १९८४ मा जर्मन चान्सलर हेल्मुट कोल र ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरहरुले स्थापना गरेका हुन् । यसमा न्यूजिल्यान्ड र नर्वेका पूर्वप्रधानमन्त्रीहरु पनि छन् । राप्रपा २०४९ सालदेखि यसको सदस्य छ ।
रोचक कुरा के छ भने समान बिचार राख्ने भारतीय जनता पार्टीले पोहोर सालमात्रै यसको सदस्यता पाएको छ । उसले आफू प्रवेश गर्नेबित्तिकै नेपालबाट नेपाली कांग्रेसलाई सदस्य बनाउन सिफारिस गरेको बताइन्छ । अनि बंगलादेशबाट सत्तारुढ अवामी लिग पनि उसकै रोजाइमा परेको छ । जबकी यसको विधानअनुसार जुन देशमा सदस्य पार्टी छ यदि आफ्नो दशको कुनै अर्को पार्टीलाईसदस्यमा थप्नु छ भने उसैले सिफरिश गर्नुपर्ने हुन्छ ।
श्रीलंकामा पोहोर फेब्रुअरी २४–२६ मा सम्पन्न एसिया–प्रशान्त सम्मेलनमा ६ दिनअघि अध्यक्ष अमित शाहले लेखेको पत्रसहित गएका बिजेपी महासचिव राममाधवले यसरी नेपाली कांग्रेसको नाम सिफरिश गरेका हुन् । त्यहीँबाट बिजेपीले सो संगठनको सदस्यता प्राप्त गरेका थियो । हाल त्यसको क्षेत्रीय अध्यक्षमा श्रीलंकन प्रधानमन्त्री रहेका छन् यसको केन्द्रिय अध्यक्ष न्यूजिल्याण्डका तत्कालिन प्रधानमन्त्री जो कि हुन् । तर, राप्रपाले विरोध गरेका कारण नेपाली कांग्रेसले प्रवेश पाएन । यसपछि राप्रपाका मान्छेले के निश्कर्ष निकालेका छन् विजेपीलाई राप्रपाको पार्टी एकता विल्कुलै मन परेको छैन । विजेपीको योजना र चाहना राजतन्त्र फर्कियोस्, हिन्द राष्ट्र कायम होस् भन्ने पनि होइन बरु दिर्घकालिन फाइदा हेरेर कांग्रेस बलियो छ, यसलाई नजिक राख्नुपर्छ भन्ने हो ।
नाकाबन्दीको बेला केपी ओली र कमल थापाहरु चीनतर्फ नजिकिएको पनि विजेपीलाई मन परेको छैन । त्यसैले श्रीलंकाको भेलामा उसले कांग्रेसलाई छिराउन खोजेर यतातिर प्रतिकात्मक संकेत गरेको बताइन्छ । हालको पार्टी तोडफोड प्रयास पनि यसकैको खेल भएको मानिन्छ । जनआस्था साप्ताहिकबाट