मिस ब्युटि क्विन नेपाल २०१७ का प्रतियोगीले प्रतिभा देखाए 

मिस ब्युटि क्विन नेपाल २०१७ का प्रतियोगीले प्रतिभा देखाए 

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको “मिस ब्युटि क्विन नेपाल २०१७” को प्रि- जज राउण्ड (ट्यालेन्ट शो) सम्पन्न भएको छ । “मिस ब्युटि क्विन नेपाल २०१७” को लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका प्रतियोगिहरु राजधानिको सि.डब्लु. रेस्टुरेन्टमा बिभिन्न प्रतिभाका साथ ट्यालेन्ट सोमा उत्रिए । प्रतियोगिहरुले नाच, गीत, एक्टिङ,कबिता,अभिव्यति, लगायतका प्रतिभा प्रस्तुत गरेका थिए।
मिस ब्युटि क्विन नेपाल २०१७को  ग्रान्ड फिनाले भने आउँदो बिहीवार राष्ट्रिय नाचघर, जमलमा हुने आयोजकले जनाए । यसका साथ साथै आयोजकले प्रतियोगीहरुको अनलाईन भोटिङ पनि सुरुगरेको छ । नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिहरुलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal  मा गई आफुलाई मन पर्ने प्रतियोगीलाई पब्लिक चईस अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले बताएका छन् ।
“मिस ब्युटि क्विन नेपाल २०१७” सौन्दर्य प्रतियोगितामा ममता तमाङ, शर्मिला विश्वकर्मा, सुशिला श्रेष्ठ, म्यागी लामा, अन्जिला आले मगर, इन्दिरा श्रेष्ठ, अन्जना केसी, कुमारी रमिला राई, एल्जिना राई, हेमकला नाल्बो , निमा शेर्पा, मनिषा थापा, मनिषा पाण्डे, जेबिना लोहनी र श्रीजना खनालले प्रतिस्प्रधा गर्दै छन् । उक्त प्रतियोगिताको बिजेताले बिज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
मिस ब्युटि क्विन नेपाल २०१७ को लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार, कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटोसेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी