एमालेले स्थानीय जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने

एमालेले स्थानीय जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, ३ साउन ।

नेकपा (एमाले)ले स्थानीय तहमा निर्वा्चित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम तय गरेको छ ।
एमाले केन्द्रीय सचिवालयको आजको बैठकले प्रदेश नं १ मा साउन २३ र २४ गते , ३ र ४ नम्बर प्रदेशमा २७ र २८ गते अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

यस्तै ५ मा साउन १० र ११ गते, ६ मा साउन २९ र ३० गते र ७ मा साउन ७ र ८ गते कार्यक्रम तय गरेको हो ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्पन्न बैठकले स्थायी समितिको निर्णयअनुसार पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वा्चित जनप्रतिनिधिका लागि प्रदेशस्तरमा आयोजना गरिने दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको मिति र विषय तय गरेको हो ।

अभिमुखीकरणमा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, अध्यक्ष÷उपाध्यक्षमध्ये कुनै एक मात्रमा विजय भएको तहबाट थप एक निर्वा्चित वरिष्ठतम वडाध्यक्ष, प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष नभएका तहबाट दुई वरिष्ठतम वडाध्यक्ष सहभागी हुनेछन् ।

यस्तै पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुख र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुख, जिल्ला इञ्चार्ज र सम्बन्धित प्रदेशका व्यवस्थापिका– संसद्का सदस्यले पनि भाग लिनेछन् ।

अभिमुखीकरणमा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमालेका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ