यू १९ विश्वकप छनोट खेलमा नेपालको लगातार दोस्रो जित, मलेसियालाई ५ विकेटले पराजित

यू १९ विश्वकप छनोट खेलमा नेपालको लगातार दोस्रो जित, मलेसियालाई ५ विकेटले पराजित

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, साउन ३।
सिंगापूरमा जारी आइसिसी अन्डर १९ विश्वकप क्रिकेट अन्तरगत एसिया छनोटको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।

मलेसियाले प्रस्तुत गरेको ५९ रनको समान्य चुनौती नेपालले नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि आशिफ शेखले २३ रनको योगदानी दिए भने प्रनित थापा मगरले नटआउन १८ रन बनाउँदा रोहित कुमार पौडेल ४ रनमा अविजित रहे ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली ब्याटिङमा भने कमजोर देखियो । ओपनर अन्दिप सुनार ६, आदिल खान ५ र दिपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए ।

सिंगापूर क्रिकेट मैदानमा यसअघि टस जितेर नेपालले फिल्डिङ रोजपछि ब्याट्रिङमा उत्रेको मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रन बनाउँदा अल आएट भयो ।

मलेसियाको विकेट धराशायी बनाउने क्रममा कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । यस्तै पवन सर्राफले ३ तथा किशोर महतोले एक विकेट लिए ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ