माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक आजपनि

माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक आजपनि

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ,३ साउन ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक आजपनि बस्दैछ । हिजोबाट सुरु बैठकमा पहिलो तथा दोस्रो चरणको स्थानीय तह निर्वाचनको समिक्षाका साथै भावी रणनितिका विषयमा छलफल भइरहेको जनाइएको छ ।

राजधानीको पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यलयमा बिहान ११ बजे बस्ने बैठकमा आजपनि स्थानीय तह निर्वाचनमा आएको मतपरिणामको समिक्षा, र संघ तथा प्रदेश सभा निर्वाचन रणनितिबारे छलफल हुनेछ ।

यसअघि हिजोको बैठकमा सात वटै प्रदेशका इन्चार्जले स्थानीय तह निर्वाचन परिणामको रिपोर्टिङ गरेका थिए । बैठकमा आजदेखि जिल्ला इन्चार्जहरुले रिपोर्टिङ गर्ने कार्यसुची रहेको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो ।

बैठकमा ९९ सदस्यीय सचिवालय सदस्यका साथै, प्रदेश इन्चार्ज र सबै जिल्लाका इन्चार्जको सहभागिता रहेको छ । हिजोको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गुटबन्दी एवम् संगठन व्यवस्थित बनाउन नसक्दा स्थानीय निर्वाचनमा हार बेहोर्नुपरेको बताउनु भएको थियो ।

दुई चरणमा भएका स्थानीय तह निर्वाचनमा सोचेजस्तो नतिजा हात पार्न नसकेपछि माओवादी केन्द्रले चुनावमा पराजित हुनुको कारणबारे छलफल गर्न सचिवालय बैठक बोलाएको हो । बैठकले तेस्रो चरणको स्थानीय निर्वाचनका साथै संघ तथा प्रदेश सभा निर्वाचनको रणनिति समेत तय गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ