नेपालद्धारा सिंगापुर विरुद्ध शानदार जीत

नेपालद्धारा सिंगापुर विरुद्ध शानदार जीत

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

काठमाण्डौं ,साउन २ । आईसीसी अण्डर १९ एशिया कप क्रिकेटको छनौट प्रतियोगीतामा नेपालले आयोजक सिंहापुरलाई ४ विकेटले पराजीत गरेको छ ।
सिंहापुरले दिएको ७४ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

टस जीतेर फिल्डिग गरेको नेपालले सिंगापुरलाई २९ ओभरमा ७३ रनमा अलआउट गरेको थियो । नेपालका लागि कप्तान सन्दीप लामीछाने एक्लैले पाच विकेट लिए । ८ ओभरमा २१ रन दिएर उनले पाच विकेट झारे पछि सिंहापुर संकटमा परेको थियो ।
त्यसै गरी साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए ।
त्यस पछि जवाफी व्याटीङमा उत्रिएको नेपाल शुरुमा संकटमा परेको थियो । पहिलो १० रन भित्र २ विकेट गुमेको थियो । ओपनर सन्दीप सुनार १ तथा आरीफ सैख ४ रनमा आउट भए पछि दवाव आएको नेपालको पारी प्रनित थापा मगरले उकासेका थिए । उनले २३ रन जोडे ।
त्यस पछि आलम शाहले १९ रन जोडे पछि नेपालले जीतको ढोका खोलेको थियो । दिपेन्द्र सिंह ऐरी २ रनमा आउट भए ।
प्रकाश केशीले ६ रन जोडे भने रोहित कुमार पौडेलले नटआउट ११ रन बनाए ।

सिंहापुरका लागि व्रिगु आयरले ४२ र सियन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ