काठमाडौ २ साउन ।
एएफसी अन्डर २३ च्याम्पियनसीपको छनोट अन्तरगत नेपालले आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति ८ बजेर १० मिनेटमा सुरु हुनेछ ।
युएईस्थित तहनुन बिन मोहमद स्टेडियममा हुने खेलमा नेपाली टोली पहिलो जीतको खोजीमा हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा आयोजक युएइसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५्-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको उज्बेकिस्तान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन ।
समुहको अंक तालिकामा पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठूलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ । आजको खेलमा नेपालले युएइविरुद्धको डिफेन्समा भएको कमजोरीलाई सुधार्नु पर्ने देखिन्छ ।
प्रतियोगिताको नियमावली अनुसार प्रत्येक समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन् । २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको मुख्य प्रतियोगिता अर्को वर्ष चीनमा आयोजना हुनेछ ।