आजदेखि ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन

आजदेखि ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन

  • आइतवार, साउन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, साउन १ । निर्वाचन आयोगले आइतबार (आज)देखि देशका ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्दैछ । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले साउन १ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गर्ने जनाएको छ । यसअघि, सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि आयोगले यसपटक नागरिकता जारी भएको जिल्लामै मतदाता फाराम भर्नुपर्ने जनाएको छ ।

यसअघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ