युएई असार ३१ । एएफसी २३ वर्ष मुनिको उमेर समुहको फुटबल कपको छनौट चरणको पहिलो खेलमा नेपालले आयोजक युएई विरुद्ध खराब प्रदर्शन गर्दै पाच शुन्यको फराकीलो हार व्यहोरेको छ ।
चर्को गर्मीका कारण पनि खेल्न नसकेको नेपाली टिमको डिफेन्स लाईनको लापरबाहीले ठूलो गोल अन्तर व्यहोर्न बाध्य बन्यो ।
डिफेन्डरको गल्तीका कारण पहिलो ८ औं मिनेटमा पेनाल्टी मार्फत गोल खाएको नेपालले १९ र २९ मिनेटमा थप गोल बेहोर्यो भने ३३ मिनेटमा थप पेनाल्टी मार्फत गरी ४ गोल खायो भने दोस्रो हाफ्को ६० औं मिनेटमा थप एक गोल व्यहोर्यो । नेपालले ७१ औं मिनेटमा सुमन लामाको प्रहार पोष्टमा गए पनि एम्पायरले गोल दिएनन् ।
पहिलो हाफ्को तुलनामा दोस्रो हाफ्मा नेपालले सुधारीएको प्रदर्शन गरेको थियो । नेपालले दोस्रो खेल उज्वेकिस्तान विरुद्ध आगामी सोमबार खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline