कुटुमा कुटुु गीत युट्युवमा डेढ महिनामै एक करोडले हेरे

कुटुमा कुटुु गीत युट्युवमा डेढ महिनामै एक करोडले हेरे

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, असार ३१ । चलचित्र ‘दुई रुपैयाँ’ को लागि तयार गरिएको गीत ‘कुटुमा कुटु‍‍’ले युट्युवमा एक करोडले हेरेका छन् ।
मेलिना राई र राजन इशानको स्वरमा रहेको उक्त चर्चित गीतको म्युजिक भिडियोले जम्मा डेढ महिनामै एक करोड भ्युज बटुलेको हो ।

उक्त म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युव च्यानलबाट मे २८ मा सार्वजनिक गरिएको थियो । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको ‘कुटुमा कुटु’ गीतका भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत बुद्धि तामाङ,आशिफ शाह लगाएतका कलाकारको अभिनय रहेको छ ।

उत्कृष्ट नृत्यसहितको रमाइलो भिडियो रहेको गीतको कोरियोग्राफी कविराज गहतराज गरेका हुन भने निर्देशन अशिम शाहले गरेका छन् । लोकलयमा आधारित गीतमा ठेट नेपाली शब्दको प्रयोग गरिएकाले पनि धेरैले मनपराएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी