पोखरा, असार ३१ ।
आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५औं संस्करणबाट साढे २७ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको आयोजक सहारा क्लबले जनाएको छ ।
गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा भएको गोल्डकपको आयव्यय सार्वजनिक गर्दै आयोजकले प्रतियोगिताबाट २७ लाख ७८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको हो ।
आज एक कार्यक्रमकाबीच प्रतियोगिताका आर्थिक संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले कुल ९७ लाख १० हजार रुपैयाँ आम्दानीमध्ये ६९ लाख ३२ हजार खर्च कटाएर सो रकम बचत भएको जानकारी दिए ।
क्लबका अध्यक्ष वीरभद्र आचार्यले प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सन्चालन गर्न खर्च गरिने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline