छवि र शिल्पा विवाह हुने पक्का ,ज्योतिषिसँग साईत जुराउदै

छवि र शिल्पा विवाह हुने पक्का ,ज्योतिषिसँग साईत जुराउदै

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ , असार ३१ ।
निर्माता छवि ओझा तथा नायिका शिल्पा पोखरेलको विवाह हुन लागेको चर्चा बेला–बेलामा चलिरहन्छ । हुन त छवि र शिल्पाको विवाहको चर्चा पहिले पनि भएको हो, त्यतिबेला उक्त हल्ला फिल्मको पब्लिसिटीका लागि मात्र चलाइएको चर्चा चलेको थियो तर अहिले भने छवि र शिल्पा पोखरेलको विवाह पक्का–पक्की भएको बताइँदैछ । निर्माता ओझाले निर्माण गरेका पछिल्ला सबै चलचित्रमा शिल्पा पोखरेलले नायिकाका रूपमा अभिनय गरेकी छिन् ।

शिल्पा पोखरेलको चलचित्रमा प्रवेश भने सानो पर्दाबाट भएको थियो । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी शिल्पा पोखरेलले टेलिचलचित्र घरभेटी बाबाट चर्चा पाएकी थिइन् । टेलिचलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दागर्दै निर्माता छवि ओझाको क्याम्पमा छिरेकी शिल्पा पहिलोपल्ट छवि ओझाले निर्माण गरेको चलचित्र लज्जामा अभिनय गरी चलचित्रमा प्रवेश गरेकी हुन् । भनिन्छ, अहिले उनीहरू ज्योतिषिले तत्काल विवाह गर्ने साइत नजुरेकाले विवाह गर्न मिल्दैन भनेकाले मात्र रोकिएका हुन् । -साप्ताहिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी