राजु बोहरा/काठमाडौँ ,३१ असार । नेपाली सांगीतिक बजारमा नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७४ लाई लक्षित गर्दै बिन्ध्यबासिनी म्युजिक प्रालिले सिमा चन्द को तिज गित “सिंगापुरे साडी” बजारमा ल्याएको छ । सुदूरपश्चिमको पहाडी जिल्ला अछामको बिनायकमा जन्म जन्मिएका सज्जन धामी र गोर्खा जिल्लामा जन्मिएर कर्म थलो बर्दियामा भएकी सिमा चन्दको सुमधुर स्वर लहरीमा “सिंगापुरे साडी” बोलको गित भर्खर बजारमा आएको छ । गायिका सिमाले यस भन्दा अगाडी पनि धेरै गीतहरुमा आफ्नो कर्णप्रिय आवाज भरिसकेकी छिन् तर ति गीतहरु बजारमा आउन सकेका छैनन् । निकट भबिस्यमा नै एक पछी अर्को गर्दै उनको आवाजमा धेरै गीतहरु बजारमा आउने तयारीमा रहेका छन् ।
त्यसैगरी कारीब १ बर्ष अगाडि गीत संगितको क्षेत्रमा पाइला टेकेका धामी यतिबेला कलाकारिता क्षेत्रमा अाफ्नो पहिचान बनाउन संघर्षरत छन् । बालापन देखीनै गीतहरु गुनगुनाउने धामी यसै पेशालाई निरन्तरता दिदै गीत सङ्गीतमै जीवन विताऊने बताऊछन । प्रस्तुत गीतमा लय शब्द उनै प्रतिभावान गायिका सिमा चन्दले नै भरेकी छिन् । एउटा घरमा समज्दारी श्रीमान श्रीमती भयो भने काहीं कतै बाट पनि उनीहरुको बिचमा मनमुटाब हुँदैन । यस्तै सेरोफेरोमा केन्द्रित रहेर तयार पारिएको यस गीतमा श्रीमानले आफ्नी श्रीमतीको हरेक चाहना पुरा गर्दिएकोले पनि आफ्नो सम्बन्ध सुमधुर भएको भाव प्रस्ट्याइएको छ ।
यस गीतको म्युजिक भिडियोमा बिक्रम चौहान र अन्जली अधिकारीको मन लोभ्याउने अभिनय रहेको छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन बासु बराल र प्रकाश खड्का त्यसैगरी सम्पादन मिलन बि.क ले गरेका छन् । हामी संगीत सरोबर डट कम को तर्फ बाट गायिका सिमा चन्द र गायक सज्जन धामीलाई सांगीतिक यात्राको शुभकामान ब्यक्त गर्दछौं ।
यस गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।