कमल सरगम
काठमाण्डौ
जताततै तीजले नारीहरुको सुन्दरता छाएको छ । तिजका गितमा सबै नेपालीहरु रमाई रहेका छन। प्राय जस्तो सधै ब्यस्त हुने कलाकार हरु तिज नजिकिदै गर्दा झन् ब्यस्त पाईन्छ। हिन्दु नारीहरुको महान चाड हरितालिका तिज करिब नजिकि रहेको बेला कलाकार हरु तिजका गित गाउन र सार्वजनिक कार्यक्रमहरुमा आफ्नो गीतको प्रचारप्रसार गर्नमै ब्यस्त भएका छन् । यस्तै पछिल्लो पुस्तामा सबैको मन मुटुमा बस्न सफल सर्जक तथा गायक हुन् माधब थापा। थापालाई पनि तीजको रन्कोले छोईसकेको छ भने गित सार्बजनिक गरेका छन । साकुरा मल्टिमिडिया प्रा लि बाट बजारमा आएको
काभ्रेली प्रतिभासाली व्यक्तित्व बिदुर चापागाईको अर्को उत्कृष्ट तीज कोशेली “घरभाडा श्रीमती”तिज बजारमा आएको छ । यस गितमा शब्द तथा संगीत माधब थापा रहेको छ भने आवाज पनि माधब थापा र अन्सु मगरको रहेको छ । सोही गितको भिडियो तर्फ अतिनै चर्चित निर्देशक तथा मोडल प्रकाश भट्टको उत्कृष्ट निर्देशन देख्न सकिन्छ भने अभिनयमा साकुरा मल्टिमिडियाका संचालक अर्जुन गिरि र सुस्मिता कार्किको रहेको छ ।भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् । बिष्णु शर्माको सम्पादन रहेको उक्त गीत अहिले चर्चामा । गितका सबै युनिटलाई सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
`जय गित,जय संगीत´
भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नु होला।
[youtube https://www.youtube.com/watch?v=dSHKBaDMYWw]