कमल सरगम
काठमाण्डौ ।
जब तीज आउँछ अनि पिडा हुन्छ चेलीलाई र माइतीको प्रखाईमा बसेकी हुन्छिन ,आउदैनन बोलाउन अनि रुदै मैना चरीलाई खबर पठाउन बाध्य हुन्छिन”।
यस्तै बेदना पछिल्लो पटक तीजमा देख्न सकिन्न तर बहुचर्चित सर्जक किरण बाबु पुनको सृजनाले फेरी पुरानो तीजको झझल्कोलाइ फर्काएको छ ।
कल्पना श्रीपालको मौलिक तीज कोशेली “मैना चरी”सांगीतिक बजारमा आएको छ ।गीतमा कल्पना श्रीपालको सुमधुर आवाज रहेको छ भने चर्चित सर्जक तथा गायक किरण बाबु पुनको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ ।प्रकाश भट्टको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल दिपाशा बिसीले गरेकी छिन ।करण चैसिरको छायांकनमा तयार भएको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=86p64eY0xjM]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline