काठमाण्डौ, असार २९ ।
नेपाली सुगम संगीतका साधक एवम् लोकप्रिय गायक राज सिग्देलको आवाजमा बिल्कुलै नयाँ शैलीको गीत सार्वजनिक भएको छ ।
तस्विर एल्बममा समावेश गरिएको“आँखामा कुनै सपना”बोलको गीतलाई उनले हालै भिडियोसहित स्रोता र दर्शकमाझ ल्याएका हुन् ।
हरि बस्ताकोटीको रचना तथा हरि लम्सालको संगीत रहेको मार्मिक यस गीतको भिडियोमा गायक सिग्देलले आफै अभिनय गरेको देख्न सकिन्छ । उसो त अब्बल देखिएको उनको अभिनयसमेत स्रोता दर्शकहरुले रुचाएका छन् ।
ओजस्वी आवाजका धनी गायक सिग्देल संगीत साधनामा तल्लिन रहने गायकका रुपमापनि परिचित छन् । गायक सिग्देलले आगामी दिनमापनि यस्तै मर्मस्पर्शि गीत स्रोता र दर्शकमाझ ल्याउन सकुन् हाम्रो शुभकामना ।
भिडियो हेर्नुस्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
