कांग्रेसले प्रदेश नम्बर २ मा भेला बोलायो

कांग्रेसले प्रदेश नम्बर २ मा भेला बोलायो

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं २९ असार।
नेपाली कांग्रेसले तेस्रो चरणको निर्वाचन बारे छलफल गर्न २ नम्बर प्रदेशमा आगामी साउन २ गते भेला आयोजना गर्ने भएको छ । दोस्रो चरणमा निर्वाचन भएका मधेशका ११ जिल्लामा समेत एमाले पहिलो भएपछि कांग्रेसले मधेस एजेण्डाबारे कार्यकर्ताको राय लिन लागेको हो ।

कांग्रेसले आगामी साउन ५ गते प्रदेश २ नम्बरका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुको भेला आह्वान गरेको हो । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका सन्दर्भमा राय सुझाव लिन भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ ।

कांग्रेसले यसअघि प्रदेश भेला गरेर कार्यकर्ताको सु्झाव नलिदा पनि केही ठाउँमा हार व्यहोर्नुपरेको मुल्यांकन गरेको छ । २ नम्बर प्रदेशको भेलामा संविधान संशोधनको छिनोफानो गर्न र स्थानीय तहको संख्या बढाएर मात्र चुनावमा जान जिल्ला नेता तथा सांसदहरुले दबाव दिने तयारी गरेको स्रोतले जनाएको छ ।

टिकट वितरण लगायत जिल्लाको बस्तुगत अवस्थाबारे भेलामा जानकारी लिइने कांग्रेसले जनाएको छ । भेलामा सभापति शेरवहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतका नेता पनि सहभागी हुनु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ