राजदूतबाट खेलकुद सामग्री वितरण

राजदूतबाट खेलकुद सामग्री वितरण

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २९ असार । नेपालका लागि जापानी राजदूत माससी ओगावाले रु २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई हस्ताणतरण गर्नुभयो ।

स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूतावासमा एक कार्यक्रममा हस्ताणतरण गर्नुभयो ।
खेलकुद सामग्री हस्ताणतरण समारोहमा बोल्दै राजदूत माससीले नेपालमा स्की खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताउनुभयो ।
नेपालमा स्की खेल सन् २००७ बाट सुरु भएको हो । स्की हिउँमा खेल्ने चिप्लेटी खेल हो । यो खेल जापानमा लोकप्रिय छ । नेपालमा हिउँ पर्दा मनाङ र मुस्ताङमा यो खेल खेल्न सकिन्छ ।
‘भोलिका लागि खेल ’ भन्ने अभियानलाई सफल पार्न जापानले विश्वमा झण्डै १०० देशमा विभिन्न खेलसँग सम्बन्धी सामग्री वितरण गर्ने नीति अघि सारेको दूतावासले जानकारी दिएको छ ।
स्की अन्तरराष्ट्रिय खेल हो । विशेष गरी जापान र उत्तर अमेरिकामा यस खेलको महत्व बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ