एजेन्सी ,२९ असार ।
विश्व नम्बर वान ब्रिटिश खेलाडी एन्डी मुर्रे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । साविक विजेता मुर्रे २४ औं वरियताका अमेरिकन खेलाडी साम क्वरेसंग पराजित भएका हुन् ।
तीन सेट सकिंदा २–१ ले अघि रहेको अवस्थामा पछिल्ला दुई सेट लगातार गुमाउदै मुर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् । मुर्रे विरुद्धको खेल क्वेरेले ३–६, ६–४, ६–७, ६–१ र ६–१ को सोझो सेटमा जिते ।
हारसँगै मुर्रेको शीर्ष वरियता गुम्ने सम्भावना बढेको छ । विम्बल्डन टेनिसकै अर्को खेलमा क्यानाडाका मिलोस राओनिकलाई हराँउदै स्विट्जरल्याण्डका रोजर फेडेरर सेमिफाइनल पुगेका छन् ।
राओनिक विरुद्धको खेल फेडेररले ६–४, ६–२ र ७–६ ले जितेका हुन् । यसैगरी लक्जेम्बर्गका जायल्स मुलरलाई हराँउदै क्रोएशियाका मारिन सिलिच र सर्वीयाका नोभाक जोकोभिचलाई हराँउदै चेक गणतन्त्रका टामस बर्डीच पनि सेमीफाईनलमा पुगेका छन् ।
बर्डीच विरुद्धको दोस्रो सेट चलिरहँदा चोटका कारण जोकोभिचले खेल छाडेपछि बर्डीच सेमिफाइनलमा पुगेका हुन् ।