एएफसी यू २३ च्याम्पियनसिप छनौट खेल्न नेपाली टोली युएई प्रस्थान

एएफसी यू २३ च्याम्पियनसिप छनौट खेल्न नेपाली टोली युएई प्रस्थान

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ , २९ असार ।

आगामि शुक्रवारबाट यूएईमा सुरु हुने एएफसी यू २३ च्याम्पियनसिपको छनौट खेल खेल्न नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

पदाधिकारी र खेलाडिसहितको २७ सदस्यीय टोली आज बिहान ८ बजे युएईर्फ गएको हो ।

बिमल घर्ती मगरको कप्तानीमा रहेको २३ सदस्यीय टिमले तीन वटा छनोट खेल खेल्ने छ । छनौट प्रतियोगितामा नेपाल समुह डि मा रहेको छ ।
तेहनान विन मोहमद रंगशालामा हुने प्रतियोगितामा नेपालले आयोजक युएई, लेबनान र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिवार घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दै प्रतियोगीताको सुरुवात गर्ने नेपाली युवा टोलीले सोमवार उज्वेकिस्तानसँग खेल्ने छ । अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्ने छ ।

यसअघि हिजो अखिल नेपाल फुटबल संघ एन्फाले बिशेष कार्यक्रमको आयोजना गरी युएई जाने टोलीको बिदाई गरेको थियो । सो क्रममा टोलीका कप्तान बिमलले प्रतिद्धन्दीहरु बलिया भएपनि आफुहरु जितका लागी नै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

युएई प्रस्थान गर्नु अघि बगंलादेशको युवा टिमसँग को मैत्रिपूर्ण खेलमा नेपाल एक शुन्यले विजयी भएको थियो ।

समुहका शिर्ष दुई टोली फाईनल चरणमा प्रवेश गर्ने छन् । विजेता टिम प्रतियोगीताका लागी छनौट हुने छ । छनौटमा पर्ने टिमले आगामि बर्ष जनवरीमा हुने एएफसी यू २३ च्याम्पियनसिप खेल्न पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ