मन्त्रिमण्डल बिस्तारबारे आन्तरिक छलफलमा ब्यस्त प्रधानमन्त्री देउवा

मन्त्रिमण्डल बिस्तारबारे आन्तरिक छलफलमा ब्यस्त प्रधानमन्त्री देउवा

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,२९ असार ।

आगामि साउन पहिलो साताभित्र मन्त्रिपरिषद् बिस्तार गरिसक्ने सतरुढ दलको तयारीपछि प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक तथा दलीय छलफलमा जुट्नुभएको छ ।

संबिधान संसोधन तथा पार्टी भित्रकै आन्तरिक किचलोका कारण समस्यामा पर्नुभएको प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागी औपचारीक तथा अनौपचारी रुपमा छलफल तिब्र बनाउनु भएको हो ।

नेपाली काग्रेसका सभापति समेत रहनुभएका देउवाले आज पार्टीभित्रका आफु पक्षिय नेताहरुसँग अनौपचारीक रुपमा मन्त्रिमण्डल बिस्तार तथा मन्त्रीको नामका बारेमा छलफल गर्न लाग्नुभएको श्रोतले जनाएको छ ।

आजै उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग पनि छलफल गर्न सक्ने सम्भावना छ । प्रधानमन्त्री बनेको एक महिना बितिसक्दा पनि मन्त्रीमण्डललाई पुर्णता दिन नसकेपछि देउवालाई आन्तरिक दवाव समेत बढेको छ ।

पौडेल पक्षलाई मिलाएर मन्त्रीको नाम टुद्द्गो लगाउने प्रयास स्वरुप आज देउवाले अनौपचारीक रुपमा छलफल गर्ने देउवा निकट नेताले जनाएका छन् ।

संबिधान संसोधन प्रस्ताव पारित नभए सरकारलाई दिएको समर्थन नै फिर्ता लिने चेतावनी दिएको आन्दोलनरत दल राजपालई सहमतीमा ल्याउनेप्रयास स्वरुप उहाँले यसअघि नै छलफल गरिसक्नुभएको छ । यस्तै राप्रपासँग पनि संसोधन प्रस्तावमा सहमती जनाउन आग्रह गर्दै छलफल गरेपनि मन्त्रीमण्डल बिस्तारबारे सहमती जुट्न सकेन ।
यता राजपाले संसोधन प्रस्ताव सदनबाट पारित नभएसम्म स्थानीय तह निर्वाचनमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने चेतावनी दिएपछि देउवाले एमालेलाई मनाउने प्रयासस्वरु छलफल गरेपनि सम्भव भएन । एमालेले कुनै हालतमा संसोधन प्रस्ताव पारित हुन नदिने बताएपछि देउवा झन चेपुवामा पर्नुभएकोछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फकिएलगत्तै साउन १ गते मन्त्रिपरिषद् बिस्ता गर्ने सत्तारुढ दलले जनाएका छन् । माओवादीले भने सरकारमा जाने आफ्ना तर्फका सबै मन्त्रीको नाम तयार पारिसकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ