कमल सरगम
काठमाण्डौ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै प्रतिभासाली सर्जक तथा संचारकर्मी स्मृती मोक्तान र दिनेश गुरुङको तीज कोशेली “यसपालिको तीजमा जापानको शहर”बजारमा आएको छ।बहुचर्चित गायक खुमन अधिकारी र सान्ती सुनारको सुमधुर आवाजमा रहेको गीतमा लय खुमन अधिकारीकै रहेको छ भने शब्द उनै संचारकर्मी तथा सर्जक स्मृती मोक्तान र दिनेश गुरुङको रहेको छ ।लामो समय देखि जापान बस्दै आएकी रामेछाप जिल्लामा जन्मिएकी स्मृति मोक्तानको यो पहिलो तीज कोशेली हो ।स्मृती पत्रकारितामा पनि निरन्तर लागिरहेकी छिन ।अध्यान अध्यापनको लागि जापान पुगेकी स्मृतीलाइ आफ्नो डांडा पाखाको झझल्को मेटाउने सोचाईको साथ् यो गीत बजारमा ल्याएको बताउछिन ।बिगत २ बर्ष देखि स्मृती लालिगुराश डटकममा कार्यरत छिन ।गीतमा अभिनय चर्चित मोडल रश्मी तामाङ्ग र केशब भट्टराईको रहेको छ ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माको सम्पादनमा तयार भिडियोलाइ तिर्शना म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभाकमाना ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=NLL_dL47afM]