भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी असार २८ ।
भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व अल राउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी सुम्पिएको हो ।

शास्त्रीले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितासम्म भारतीय टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तै बीसीसीआईले राहुल द्रबिडलाई ब्याटिङ तथा जाहिर खानलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि मुख्य प्रशिक्षक अनिल कुम्बलेले यही असार पहिलो साता प्रशिक्षक पदबाट राजीनामा दिएपछि भारतीय क्रिकेट टोली प्रशिक्षक विहीन थियो ।

हाल वेष्टइन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले प्रशिक्षकबिना नै एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट शङ्खला खेलिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ