काठमाडौँ, असार २८ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आफूले गरेको खर्चको विवरण बुझाउन राजनैतिक दल र तिनका उम्मेदवारलाई सूचना जारी गरेको छ ।
सार्वजनिक सुचना जारी गर्दै आयोगले परिणाम सार्वजनिक भएको ३० दिन भित्र निर्वाचन अबधिमा भएको खर्च विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
यस्तो विवरण जिल्ला वा क्षेत्रिय निर्वाचन कार्यालयमा बुझाउन सकिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा गाउँ सभा र नगर सभामा निर्वाचित सदस्यले जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्य पदका उम्मेदवार हुनु भन्दा अगावै खर्च विवरण बुझाउन आयोगले सुचित गरेको हो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ दफा ६४ को उपदफा २ मा निर्वाचनको परिणाम सार्वजनिक भएको तीस दिन भित्र खर्च विवरण आयोगमा बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline