रत्नपार्कबाट सम्पर्क मञ्चका महासचिवसहित नेकपाका दर्जन नेता–कार्यकर्ता गिरफ्तार

रत्नपार्कबाट सम्पर्क मञ्चका महासचिवसहित नेकपाका दर्जन नेता–कार्यकर्ता गिरफ्तार

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

२७ असार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा मंगलबार जारी नेपाल बन्दका क्रममा दिउँसो १ः३० बजे दर्जन नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्राप्त समाचार अनुसार मंगलबार दिउँसो राजधानीको रत्नपार्कबाट जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव हिरा शाही, केन्द्रीय सचिवद्वय दुर्गा अधिकारी र पूर्ण श्रेष्ठसहित एक दर्जन नेकपा कार्यकर्तालाई प्रहरीले बन्दमा हस्तक्षेप गरी गिरफ्तार गरेको हो ।

गिरफ्तार हुने अन्यमा सम्पर्क मञ्चकै केन्द्रीय सदस्यहरु नरोत्तम पाण्डे, करण बडाल, उजिर खड्का, प्रदिप फुयाँल, पदम मगरलगायत रहेको सम्पर्क मञ्चले जानकारी दिएको छ । यसअघि मंगलबार बिहान कलंकी चोकबाट अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंह, सचिवालय सदस्य लोकेश विश्वकर्मासहित एक ९ जना विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफतार गरी कालीमाटी प्रहरी हिरासतमा राखिएको छ ।

अहिलेसम्म प्रहरीले बन्दमा सहभागीको आरोपमा धरान, चितवन लगायत देशैभरबाट सर्वसाधारणसहित ४५ जना नेता कार्यकर्तार्ला गिरफ्तार गरेको बन्द आयोजक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले जनाएको छ ।

सरकारले स्थानीय चुनाव बिथोल्न सक्ने निहुँमा मोरङ, रौतहट, रोल्पा लगायत देशका विभिन्न स्थानबाट गिरफ्तार गरिएका आफ्ना दुई दर्जन नेता कार्यकर्तालाई हिरासतमा राखेर चरम यातना दिई झुठा मुद्दामा फसाएको भन्दै नेकपाका प्रवक्त खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले असार २० गते एक प्रेस विज्ञप्ति जारी गरेर असार २७ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको थियो ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी पार्टीका नेता कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न नेकपाले माग गरेको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा नियुक्ति भएपछि नेकपाका नेता कार्यकर्तामाथि व्यापक मात्रामा दमन र धरपकड चलाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ