अखिल क्रान्तिकारीका अध्यक्ष पुर्णसिंहसहित कलंकीबाट दर्जन विद्यार्थी नेता गिरफ्तार

अखिल क्रान्तिकारीका अध्यक्ष पुर्णसिंहसहित कलंकीबाट दर्जन विद्यार्थी नेता गिरफ्तार

शान्तिपूर्ण आन्दोलनमाथि प्रतिबन्ध लगाउने रवैया अस्वीकार्यः महासचि चलाउने

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२७ असार

काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहसहित ९ विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण बन्द आन्दोलनमा सहभागी भइरहेको बेला बल प्रयोग गरेर गिरफ्तार गरिएको अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयले जनाएको छ ।

उनीहरुलाई मंगलबार बिहान राजधानीको कलंकीबाट गिरफतार गरिएको हो । बन्दबारे जानकारी दिँदै शान्तिपूर्ण आन्दोलन गरिरहेका अवस्थामा अध्यक्ष सहिंसहित क्रान्तिकारीका केन्दं्रीय सदस्य लोकेश विश्वकर्मा, नविन उपाध्यक्ष, गोरख शाही, टंक केसी तथा प्रकाश कठायत, पुरु बुढाथोकी, भीस्म शाही, प्रज्वल शाहीलगायत एक दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार सबैलाई अहिले प्रहरी वृत्तको कार्यालय कालीमाटीमा राखिएको छ ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरुलाई बल प्रयोग गरेर पक्राऊ गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । साथै पक्राउ गरिएका सबैलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाउने रवैया सरकारले देखाएको भन्दै धरपकड र दमन तत्काल बन्द गर्न अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले माग गरेका छन् ।

‘अधिकारका लागि शान्तिपूर्ण राजनीतिक आन्दोलन, बन्द, हड्ताल गर्नपाउने नागरिकको अधिकार हो । तर सरकारले दमन र धरपकड गरेर समाज र जनताको राजनीतिक शक्तिलाई आतंकित तुल्याउने र दलाल संसदीय सत्ता टिकाउने कोशिस गरिहेको छ । यसको घोर भत्सर्ना गर्दछौं’ महाचिव चलाउनेले मिर्मिरे अनलाइनसँगको कुराकानीमा बताए । ‘राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि संघर्षरत सम्पूर्ण नेता तथा कार्यकर्तालाई बिनासर्त तुरुन्त रिहा गरियोस्, अन्यथा कडा संघर्ष घोषणा गर्न विवश हुनेछौं’ महासचिव चलाउनेले भने ।

बिहानैदेखि प्रहरीले बन्दमा सहभागीको आरोपमा धरान, चितवन लगायत देशैभरबाट सर्वसाधारणसहित तीन दर्जन नेता कार्यकर्तार्ला गिरफ्तार गरेको बन्द आयोजक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले जनाएको छ । सरकारले स्थानीय चुनाव बिथोल्न सक्ने निहुँमा आफ्ना दुई दर्जन नेता कार्यकर्तालाई हिरासतमा राखेर चरम यातना दिई झुठा मुद्दामा फसाएको भन्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले असार २० गते एक प्रेस विज्ञप्ति जारी गरेर असार २७ गते मंगलबार नेपाल बन्दको घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ