बाच्छिले धान खायो भन्दै गायक रामजी खाड गायिका टिका तारामी प्रति आक्रोसित”हेर्नुहोस”

बाच्छिले धान खायो भन्दै गायक रामजी खाड गायिका टिका तारामी प्रति आक्रोसित”हेर्नुहोस”

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कमल सरगम
काठमाण्डौ
लोक तथा दोहोरी गायक चन्द्र शर्माले झ्याउरे लयको तीज गीत ल्याएका छन् । शर्माले ‘बाच्छीले धान खायो, मायाले ज्यान खायो’ बोलको झ्याउरे लयमा आधारित तीज गीतलाई गायिका टीका तारामी मगरले साथ दिएकी छिन् ।

यूट्यबमा शनिबार रिलिज भएको शर्माको यो झ्याउरे तीज गीतका भिजिटर ह्वात्तै बढेका छन् । चट्किलो र भड्किलो नाँच रहेको म्युजिक भिडियो अहिलेसम्मकै आफ्ना गीतहरूमध्ये उत्कृष्ट बनेको गायक शर्माले दाबी गरे । ‘मैले अहिलेसम्म गरेका गीतहरूभन्दा धेरै उत्कृष्ट बनेको अनुभव गरेको छु’, गायक शर्माले भने, ‘झ्याउरे गीतमा आधारित तीज गीतमा यस वर्ष चल्ने आश लिएका छौँ ।’

‘बाच्छीले धान खायो’ गीतलाई शर्माले आफ्नै यूट्युब च्यानमा अपलोड गरेका हुन् । किन आफ्नो यूट्युब च्यालनमा गीत अपलोड गर्नुभयो भन्ने प्रश्नको जवाफमा गायक शर्माले भने, ‘गीत राम्रो बनेको छ । राम्रो गीतलाई दर्शक स्रोताले मनपराउनु हुन्छ । ठूलो कम्पनीलाई दिनुपर्छ भन्ने छैन । गीत चल्छ ।’

लोक तथा दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानका निवर्तनमा अध्यक्ष समेत रहेका गायक शर्माले थुप्रै गीतहरूमा स्वर दिइसकेका छन् । उनका स्वरमा रहेका लोक तथा दोहोरी गीतहरू राम्रो चल्ने गरेका छन् ।

‘बाच्छीले धान खायो’का शब्द नेत्र अर्यालका हुन् । खेम सेञ्चुरीको लय रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन बाबु थापाले गरेका हुन् । मौसम हिमालको कोरियोग्राफ, दुर्गा पौडेल छायाँकन र सम्पादन प्रवीण ढकालको रहेको गायक शर्माले बताए ।

हेर्नुस् भीडीयो :-
[youtube https://www.youtube.com/watch?v=Ui7HB2hXrzc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी