काठमाडौं ,२६ असार ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द यादव नेतृत्वको संघिय समाजवादी फोरमबीच केही समययता प्रेमिल सम्बन्ध छ । यही प्रेमपूर्ण रिलेसनकाका कारण अलग पार्टी भए पनि यी दुवै शक्ति एउटै पार्टीको झल्को दिनेगरि गतिविधि सञ्चालन गरिरहेका छन् ।
पहिलो र दोस्रो चरणको दुवै निर्वाचनमा बाबुराम र उपेन्द्रसँगैले एउटै चिन्हमा चुनाव लडेर नयाँ प्रयोग गरे । निर्वाचनपछि एकिकरण गर्ने भद्र सहमतिअनुसार बाबुराम र उपेन्द्र सहकार्य अघि बढ्दै आइरहेको भए पनि अब भने दुई पार्टीको सम्बन्धमा दरार आउनसक्ने संकेतहरु देखिन थालेका छन् ।
पार्टीभित्र अनेक समस्याहरुले रन्थनिएका बाबुरामले संघिय समाजवादी फोरमसँग लगन गाँठो कस्ने हतारो देखिए उनी आफू ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो नियतिले उनलाई खेद्न, सताउन थालेको छ ।
स्रोतका अनुसार त्यतिकै रहँदा पार्टीमा अनेकौं समस्या आउनसक्ने आंकलन गर्दै बाबुरामले एकताको हतारो देखाए पनि यादवले उनलाई ग्रिनसिग्नल नदिने निष्कर्षमा पुगेका छन् ।पार्टीको एउटा खेमाले नयँ शक्तिसँग एकताको लागि पहल गर्न दबाब दिए पनि यादवले नयाँ बहस पार्टीभित्र हुलेका छन् ।
स्रोतका अनुसार, यादवले बाबुरामको पार्टीसँग भन्दा माओवादी केन्द्रसँग सके एकता नसके कार्यगत एकता गरेर अगाडी बढ्ने चहना देखाएका छन् । यादवले अकस्मात पार्टीमा यस्तो डिस्कोर्स चलाएपछि संघिय समाजवादी फोरममा दुईतर्फबाट बहस सुरु भएको छ । स्रोतका अनुसार, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु उपेन्द्रको नयाँ प्रस्तावबाट रुष्ट बनेका छन् । आजको साँघु साप्ताहिकमा समाचार छ ।