तिर्थ अधिकारी
हिन्दु नारी हरु को महान पर्ब तीज नजिकिदै गर्दा सदा झै यो बर्ष पनी बजार मा सयौ तीज गीत हरु आइसकेका छन | ती मध्य भर्खर मात्रै बजार मा आएको उत्कृष्ट तीज को गीत हो बजाइदेउ मादलु , भिसु भन्डारी को उत्कृष्ट शब्द रचना लाई निकै नै मिठो लय मा बाधेर लाखौ श्रोता दर्शक को मन मुटु मा बस्न सफल भएका युबा गायक राजेन्द्र कडेल आफै ले यो गीत मा स्वर दिएका छन भने गायिका मा सुमधुर स्वर की धनी पुर्णकला बि सी ले स्वर दिएकी छन |
राजेन्द्र कडेल कै संगीत रहेको यो मौलिक तीज को गीत मा शंकर बि सी र रुपा कडेल को अभिनय रहेको छ, लोक गीत आधुनिक गीत गरेर दस दर्जन भन्दा बढी भिडियो मा अब्बल अभिनय गरिसकेकी रुपा लाई यो पाली भने निकै नै कम्मर मर्काउदै गरेको देख्न पाइने छ |
यती बेला का निकै ब्यस्त क्यामेरा म्यान राजेश घिमिरे ले खिचेका यो गीत लाई निर्देशन पनी शंकर बि सी ले नै गरेका छन भने भिडियो सम्पादन नबीन घर्ती मगर ले गरेका छन्| सुपारी म्युजिक ले बजार मा ल्याएको यो उत्कृस्ट गीत को सम्पुर्ण युनिट लाई धेरै धेरै शुभकामना छ |
गीत ले सबै को मन जितोस
भिडियो हेर्न तल को लिन्क मा थिच्नु होला …
[youtube https://www.youtube.com/watch?v=1ng4nFrmQJM]