सेलिब्रिटीहरुका कहाली लाग्दा ती दिनहरु : जो मृत्युलाई जितेर दर्शकलाई मनोरन्जन गराउदैछन् !

सेलिब्रिटीहरुका कहाली लाग्दा ती दिनहरु : जो मृत्युलाई जितेर दर्शकलाई मनोरन्जन गराउदैछन् !

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

दर्शकलाई मनोरञ्जन दिन कलाकारहरु जस्तोसुकै स्टण्ट दिन तयार रहन्छन् । यसैका कारण विभिन्न दुर्घटनामा परी केही बलिउड सेलिब्रिटीहरुलाई गम्भिर चोट पनि लागेको छ । उनीहरु मृत्युको मुखमा समेत पुगेका थिए । तर, भाग्यवस उनीहरु बाँच्न सफल रहे ।

सुटिङका दौरान गम्भिर घटनाको शिकार भएका केही बलिउड सेलिब्रिटीहरु यस्ता रहेका छन् ।

१. सन्नी लियोन

फिल्म ‘वन नाइट स्टाण्ड’ को सुटिङका दौरान सन्नी लियोन एक घटनाको शिकार भइन् । एक रोमान्टिक गीतको सुटिङका क्रममा एक्टर विरमानी तनुजसँग बीचमा सुटिङ गर्नु थियो । मौसब निकै खराब रहेको थियो । समुन्द्रका छालहरु उर्लिएर आउन थालेका थिए । यसै क्रममा सन्नी लियोन र तनुज दुवैलाई पानीको छालले बगाएर लगेको थियो । फिल्मको सुटिङ स्थलमा रहेका रेस्क्यु टोलीले उनीहरुलाई पानीबाट बाहिर निकाल्न सफल भएको थियो । यस घटना पश्चात सन्नी लियोनको स्वास्थ्य स्थिति निकै बिग्रिएको थियो ।

२. ऐश्वर्या राय

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री ऐश्वर्या राय पनि यस्तै एक घटनाको शिकार भइन् । सन् २००४ मा उनले खेलेको फिल्म ‘खाकी’ मा एक अनियन्त्रित जीपले उनलाई टक्कर हानेको थियो । गाडीले टक्कर दिएपछि उनी झाडीमा पुगेकी थिइन् । उनलाई तुरुन्त हस्पिटल लगिएको थियो ।

३. सलमान खान

बलिउड अभिनेता सलमान खान आफ्नो जीवनका घटनाबारे बेलाबेलामा शेयर गर्न रुचाउँछन् । सन् २००३ मा आएको फिल्म ‘तेरे नाम’ मा रहेको एक दृश्यमा सलमान खानलाई ट्रेनको नजिकबाट हिड्नुथियो । अचानक उनको नजिक ट्रेन आएको थियो । उनको को–एक्टरले उनलाई धकेल्न पुगे जसका कारण उनको ज्यान जाृगिन पुग्यो ।

४. अमिताभ बच्चन

सन् १९८३ मा आएको फिल्म ‘कुली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो । उनको फाइट पुनीत इस्सरसँग रहेको थियो । तर, उक्त एक्शनमा अमिताभ गम्भिर घाइते हुन पुगे । उनी ५९ दिनसम्म हस्पिटलमा भर्ना भएका थिए । मिडियामा उनको मृत्यु भएको हल्ला समेत चलेको थियो । बिग बीको स्वास्थ्य लाभका लागि उनका फ्यानहरुल प्रार्थना समेत गरेका थिए । एक अन्तर्वार्तामा अमिताभले भनेका थिए,‘मलाई चिकित्सकहरुले मेडिकल्ली डेड घोषित गरेका थिए ।जया आइसियु रुम बाहिर बसेकी थिइन् । डाक्टरले कोशिस गर्न बन्द गरेका थिए । जया कराउने काम गरिन् । मेरो औला चलेको जयाले महसुस गरिन् । तब डाक्टरलाई उनले कराउँदै मदत गर्न आग्रह गरिन् । डाक्टरले बिस्तारै मेरो खुट्टामा मालिस गरे । नयाँ जीवन पाए ।’

५. ऋतिक रोशन

बलिउड स्टार ऋतिक रोशन सन् २००६ मा आएको फिल्म ‘क्रिस’ को सुटिङको दौरान उनी गम्भिर घाइते भएका थिए । एक बिल्डिङ चढ्ने क्रममा उनी अचानक खसेका थिए ।उनी ५० फिट माथिबाट खसेका थिए । यस्तै घटना फिल्म ‘व्याङ व्याङ’ मा पनि भएको थियो । यस क्रममा उनको ब्लड क्लट भएको थियो । जसका कारण उनलाई ब्रेन इन्जुरी समेत भएको थियो ।

६. सैफ अली खान

सन् २००० मा आएको फिल्म ‘क्या कहना है’ को सुटिङको क्रममा उनको बाइक दुर्घटना भएको थियो । यस घटनामा सैफको शरिरमा १०० वटा टाका लगाइएको थियो ।

७. जोन अब्राहम

सन् २०१६ मा आएको फिल्म ‘फोर्स–२’ का क्रममा जोन नराम्रोसँग घाइते भएका थिए । उनले घुडाँमा नराम्रोसँग चोट लागेको थियो । घुडाँको चोट लागेपछि उनको अप्रेशन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी